You are viewing the translated version of उजुरी दिन सक्ने.

Rule 6
उजुरी दिन सक्ने
: (१) ऐनको दफा ४ को उपदफा (७) बमोजिम सम्बन्धित स्थानीय तहले परिचयपत्र दिन नमिल्ने भनी गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले अनुसूची-३ बमोजिमको ढाँचामा सोझै वा सम्बन्धित स्थानीय तह मार्फत मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष उजुरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको उजुरी स्थानीय तहले तीन दिनभित्र मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्राप्त उजुरी उपर मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारीले आवश्यक छानबिन गरी तीस दिनभित्र निर्णय गरी सोको जानकारी सम्बन्धित स्थानीय तह र उजूरीकर्तालाई दिनु पर्नेछ ।